विश्व

अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने

काठमाण्डौं, जेठ २५ – अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जानुहुने ह्वाइट हाउसले जानकारी दिएको छ ।

क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लाग्नुभएका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लाग्नु भएको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्काे हप्ताको मङ्गलबार हुने शिखर वार्ताको लागि उहाँ क्यानाडाबाट सिधै सिङ्गापुरतर्फ जान लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् । ह्वाइट हाउसका प्रवक्ता सरह सनडेर्सका अनुसार क्यानाडामा हुने जि७ को सम्मेलनको लागि शनिबार मध्याह्न अगावै राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गर्नुहुने बताइएको छ ।

ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी गराइएको छ । क्यानाडाको क्युबिकमा आइतबार जि७ को बैठकमा उहाँ सहभागी हुनुहुने छ । ट्रम्प र किमबीच सिङ्गापुरको सान्तोसा द्वीपमा अवस्थित कापेल्ला होटेलमा स्थानीय समयानुसार मङ्गलबार बिहान ९ बजे भेटवार्ता हुने समय तालिका दिइएको छ ।सिङ्गपुरमा कति दिनको लागि बस्ने भन्ने बारेमा भने सो विज्ञिप्तमा केही खुलाइएको छैन ।

 

Share this:
Tags
Show More

Related Articles