देशसमाज

आफ्नै बाबुले गरे छोरीलाई जलाएर हत्या

काठमाडौं, असार २४ – रुपन्देहीमा एक बाबुले आफ्नै छोरीको मट्टितेल छर्की जलाएर हत्या गरेका छन ।

रुपन्देहीको कञ्चन गाउपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीको जलाएर हत्या गरिएको हो । उनको बुबा तेजबहादुर ठकुरीले आमा र बहिनीहरुको सहयोगमा मट्टितेल छर्की जलाएर हत्या गरेको प्रहरीले जनाएको छ । समीक्षाको उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि घटना बाहिर आएको छ । मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी छन ।

समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा–छोरी माइत बस्न थालेका थिए ।

Share this:
Tags
Show More

Related Articles