
काठमाडौं, असोज ८ – धनकुटामा अवैध गाजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका-९ सिसिरे भीर नजिकबाट आइतबार राती ९ बजे प्रहरीले विशेष सुराकीका आधारमा ५ केजी गाजाँसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सहिदभूमि गाउँपालिका-९ का २५ वर्षीय नवीन राई र २१ वर्षीय समित राई रहेको प्रहरीले जनाएको छ ।
रातको समयमा लुकाई छिपाई गाजा बिक्री गर्ने उद्देश्यले मोटरसाइकलमा लैजाँदै गरेको भन्ने विशेष सुराकीको आधारमा मुलघाटस्थित प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उनीहरुलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
पक्राउ गरिएका दुवैलाई लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्धा अघि बढाइने गुरुङले बताए ।
Share this: