
काठमाडौं, काठमाडौं ८ – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १० प्रतिशतले नाफा बढाएको छ । यो बैंकले २३ लाख ३५ हजारले बढाएको हो ।
यसले चालू आवको पहिलो त्रैमासमा २ करोड ५६ लाख ३७ हजार नाफा कामएको छ । यस्तो नाफा गत वर्षको सोही अवधिमा २ करोड ३३ लाख २ हजार मात्रै थियो ।
यो बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २२ करोड ६६ लाख रुपैयाँ छ । चालू आवको प्रथम त्रैमाससम्ममा यो बैंकले ३ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो बैंकको लगानी १० करोड ४७ लाख रुपैयाँ छ । यसले यो समयमा व्याज आम्दानीबाट १४ करोड ३७ लाख कमाएकोमा व्याज वापतको खर्च ८ करोड ७७ लाख रुपैयाँ रहेको उल्लेख ।
यसको खराब कर्जा अनुपात ०.१३ प्रतिशत छ भने कर्जा तथा निक्षेपको अनुपात (सीडी रेसियो) ७५.०५ प्रतिशत छ । यसको प्रतिशेयर आम्दानी २०.५१ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १५३.३३ रुपैयाँ रहेको छ ।
Hi, i feel that i noticed you visited my site so i got here to
return the favor?.I’m attempting to find issues to enhance my web
site!I guess its adequate to make use of a few of
your concepts!! https://www.douban.com/link2/?url=http://www.mbet88vn.com