समाचारराष्ट्रियप्रादेशिक

प्रदेश संसदको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं, मंसिर १९ – सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी राख्ने प्रदेश संसदको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता मनिष कुमार श्रेष्ठसहितका ९ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सम्बन्धित निकायलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

रिटमा प्रदेशको भौगोकि आवश्यकता, जनआकांक्षा, भौगोलिक अवस्थिति र पूर्वाधारसमेतको ख्यान नगरी प्रदेशको राजधानी गोदावरी तोक्ने निर्णय भएको भन्दै आपत्ति जनाइएको छ ।

निर्णय कार्यान्वयन नगराउन परमादेश लगायतका उचित आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

Share this:
Tags
Show More

Related Articles