
काठमाडौं, मंसिर २४ – मञ्जुश्री फाइनान्स लिमिटेडको पुस १६ गते हुने लागेको वार्षिक साधारण सभाका लागि बुक क्लोज पुस ३ गतेदेखि बन्द रहनेछ ।
कम्पनीले मंसिर २१ गते बसेको संचालक समितिको बैठकबाट पुस १६ गते ११ औं वार्षिक साधारण सभाका लागि बुक क्लोज पुस ३ गते बन्द रहनेछ ।
कम्पनीले सभामा चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको ९ प्रतिशतले हुन आउने ७ करोड २३ लाख ६५ हजार ४१९ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । सो लाभांशका लागि पुस २ गतेसम्म कायम शेयरधनीले मात्र प्राप्त गर्नेछ ।
Share this: