समाचारअर्थशेयरसहकारी

निर्धन उत्थान लघुवित्तको साधारण सभा आज

काठमाडौं मंसिर २५ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बिसौं वार्षिक साधारण सभा मंसिर २५ गते अर्थात आज हुने भएको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ४२ दशमलव ११ प्रतिशत लाभांश दिने प्रस्ताव भएको छ । कम्पनीको वार्षिक साधारणसभा मंसिर २५ गते संस्थाको केन्द्रीय कार्यालयसँगै दक्षिण तर्फ रहेको पार्टी प्यालेस भगवतीबहाल, नक्साल काठमाडौंमा हुने भएको छ ।

कम्पनीले १ अर्ब रुपैयाँको २२ दशमलव ११ प्रतिशतले हुन आउने २२ करोड १० लाख ५२ हजार ६३२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ । कम्पनीको साधारण सभामा विशेष प्रस्ताव चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुले पाउने जारी गरेको छ ।

Share this:
Tags
Show More

Related Articles