समाचारप्रादेशिकराजनीति

प्रदेश ३ को राजधानी हेटौंडामै हुन्छः मुख्यमन्त्री पौडेल

काठमाडौं, मंसिर २६ – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने बताएका छन् ।

कार्यालय व्यवस्थापनसहित पूर्वाधार विकासको काम भईसकेकाले हेटौंडाबाट अन्तत्र राजधानी सार्न नमिल्ने उनले बताए । उनले पुस महिना भित्र प्रदेशको नामाकरण गरिसक्ने उल्लेख गरे ।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बुधबार उनले कानुन र कर्मचारी अभावका कारण प्रदेश सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको स्पष्ट पारे ।

मुख्यमन्त्री पौडेलले साझा सूचिका कानुन छिटो निर्माण गर्न संघीय सरकारसँग माग गरे । मुख्यमन्त्री पौडेलले अन्तर प्रदेश परिषदको बैठकले प्रदेश र केन्द्र सरकारबीचमा देखिएको समस्या समाधान गरेको बताए ।

Share this:
Tags
Show More

Related Articles