समाचारप्रादेशिक

जनकपुर आउन पाएकोमा आफूलाई धन्य ठानेको छु : मुख्यमन्त्री योगी

जनकपुर, मंसिर २६ – भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर आउन पाएकोमा आफूलाई धन्य ठानेको बताएका छन् ।

बुधबार जानकी मन्दिरमा पूजा–अर्चनापछि आगन्तुक पुस्तिकामा लेख्दै उनले विवाहपञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजा–अर्चना गर्ने र विदेहराज महाराज जनकको भूमिको यात्रा गर्ने अवसर मिलेकोमा स्वयंलाई धन्य ठानेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री आदित्यनाथले भगवान राम र सीताको जीवन दुवै देशको धर्म, संस्कृति र सभ्यताको अभिन्न अंग भएको बताएका छन् । उनले आफूसँग आएको प्रतिनिधिमन्डललाई भव्य स्वागत गरेकोमा नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवादसमेत दिएका छन् । रामजानकी विवाह महोत्सवको जन्तीको नेतृत्व गर्दै मुख्यमन्त्री आदित्यनाथ बुधबार बिहान निजी विमानमार्फत् जनकपुर आएका हुन् ।

Share this:
Tags
Show More

Related Articles