समाचारअर्थव्यवसाय

सुनको मूल्य स्थिर

काठमाडौं, पुस ५ – नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ  ।

आज छापावाला सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।  आज तेजावी सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको  छ ।

त्यस्तै चाँदी भने आज  ५ रुपैयाँले घटेर प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

Share this:
Tags
Show More

Related Articles