
काठमाडौं, पुस ६ – महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभाका लागि बुक क्लोज पुस १६ गते हुने भएको छ ।
कम्पनीले पुस ५ गते बसेको संचालक समितिको बैठकबाट छैठों वार्षिक साधारण पुस २९ गते, आइतबार, बिहान ११ बजेदेखि वित्तीय संस्थाको केन्द्रिय कार्यालय महुली सप्तरीमा सम्पन्न गर्ने निर्णय भएको छ ।
कम्पनीले २० प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँको बोनस शेयर र १ दशमलव ०५२७ प्रतिशत अर्थात ६ लाख ३१ हजार ६२० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८ करोड रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात ९ करोड २० लाख रुपैयाँ पुग्नेछ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछ ।
Share this: