समाचारअर्थसहकारी

स्वावलम्बन लघुवित्तको लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, पुस ९ – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३६ दशमलव ८४२१ प्रतिशत लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको १७ औं वार्षिक साधारण सभा पुस २६ गते बिहान साढे १० बजे बिहिबार अम्रपाली ब्याङ्केट, काठमाडौंमा हुने भएको छ । सभाका लागि बुक क्लोज पुस १० गतेदेखि पुस २६ गतेसम्म बन्द रहनेछ ।

वार्षिक साधारण सभामा ११ दशमलव ८४२१ प्रतिशतले हुन आउने ५ करोड ९५ लाख ७८ हजार ८९९ रुपैयाँ नगद लाभांश र २५ प्रतिशतले हुन आउने १२ करोड ५७ लाख ७७ हजार ६७५ रुपैयाँ बोनस शेयर जारी गर्ने, हालको संस्थापक र सर्वसाधारणको पूजी अनुपात ७०ः३० प्रतिशतलाई परिवर्तन गरी ५१ः४९ को अनुपातमा कायम गर्ने प्रस्ताव रहेको छ । उक्त लाभांश पुस ९ गते अर्थात आज सम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछ ।

हालको जारी तथा चुक्ता पुँजी ५० करोड ३१ लाख १० हजार ७ सय मा उपरोक्त बमोजिमको बोनस शेयर तथा थप सार्वजनिक निष्काशनबाट साधारण शेयर जारी गरी तथा चुक्ता पुँजी ७३ करोड ३७ लाख ३ हजार १२५ कायम गर्ने विशेष प्रस्ताव रहेको छ ।

Share this:
Tags
Show More

Related Articles