समाचारराष्ट्रियएक्सन स्पोर्टस्

क्याम्ब्रिजलाई उपाधि

काठमाडौं, पुस ९ – क्याम्ब्रिज पब्लिक स्कुल छैटौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगितामा च्याम्पियन बनेको छ ।

विद्या संस्कार खेलकुद विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा क्याम्ब्रिजले भ्याली भ्यु इङलिस स्कुललाई १–० गोलले पराजित गरेको हो । क्याम्ब्रिजका प्रताप राई फाइनल खेलको ‘म्यान अफ द म्याच’ भए । उपाधिसंगै क्याम्ब्रिजले २० हजार र भ्याली भ्युले १० हजार नगद पुरस्कार हात पारे ।

बानेश्वरमा भएको प्रतियोगितामा भ्याली भ्युका इची महर्जन उत्कृष्ट खेलाडी चुनिए भने विद्या संस्कारका रोशन राई ‘इन्सपाइरिङ प्लेयर’ घोषित भए । भ्याली भ्युका अजित महर्जन उत्कृष्ट गोलरक्षक भए । क्याम्ब्रिजका निर्जन राई सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

द एक्सेल्सियर स्कुलले अनुशासित टिमको ट्रफी हात पा¥यो । एकदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक विभागका संयोजक राजन न्यौपानेले जनाएका छन् ।

Share this:
Tags
Show More

Related Articles