
काठमाडौं, पुस १० – नेपाली बजारमा मंगलबार सुनको मूल्य ५९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आज छापावाला सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन सुन तोलामा ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
Share this: