समाचारराष्ट्रियसमाजवातावरण

बाँकेमा बाक्लो हुस्सुका कारण हवाई उडान अवरुद्ध

काठमाडौं, पुस १० –  दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको भए पनि बाक्लो हुस्सुका कारण आजदेखि बाँकेमा  जाडो बढेको छ ।

बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको हो । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ ।

बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण यहाँबाट बिहानीपख हुने हवाई उडान अवरुद्ध भएको छ । हवाइजहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको बताइएको छ ।

बाँकेमा आज बिहान ४०० मिटरमात्र भिजिविलिटी रहेको चौरसियाले बताएका छन् । नेपालगञ्ज विमानस्थलका सुरक्षा इञ्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहान काठमाडौंका लागि उडान हुन नसकेको जानकारी दिए ।

Share this:
Tags
Show More

Related Articles