देशसमाचारराष्ट्रियBanner Newsसमाजवातावरण

मनाङमा चिसो बढ्यो: तापक्रम -२०º

काठमाडौं, पुस १३ चिसो बढेसँगै मनाङमा बिहीबार दिउँसोदेखि हिमपात सुरु भएको छ ।

दिउँसो करिब १ बजे सुरु भएको हिमपात बिहान ७ बजे रोकिएको हो । झण्डै १८ घण्टा निरन्तर हिमपात भएको हो । माथिल्लो भेग खांसार, मनाङ गाउँलगायतका ठाउँमा बाक्लो हिउँ परेको छ ।

अन्य भू–भागमा भने पातलो परेको स्रोतले जानकारी दिएको छ। जिल्ला सदरमुकाम चामेलगायत तल्लो मनाङ भिमताङ, गुवालगायतका ठाउँमा हिमपात भएको छ । बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखिएको थियो । पहिले हिमालको वरिपरी कालो बादल देखियो ।

तीव्ररूपमा हावाहुरी चल्यो, मनाङ प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘तापक्रम पनि माइनस २० पुग्यो, हावाहुरीका साथ हिमपात भएको छ।’ माथिल्लो मनाङका गोरे गुरुङका अनुसार हिमपातले जनजीवनमा त्यति ठूलो असर पारेको छैन । चिसोको मात्रा भने बढेको छ ।

Share this:
Tags
Show More

Related Articles