समाचारराष्ट्रियBanner Newsसमाजवातावरण

काठमाडौंको तापक्रम आज पनि १ डिग्रीमा, दिउँसो घाम लाग्ने

काठमाडौं, पुस १४ – काठमाडौं उपत्यकासहित मुलुकभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानीपख केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको भएपनि बिस्तारै हट्ने र दिउँसो पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद शुवास रिमालले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा पनि शनिबार दिउँसो घाम लाग्नेछ । शनिबार बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ ।

शुक्रबार यस वर्षकै सबैभन्दा कम १.४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो ।

Share this:
Tags
Show More

Related Articles