देशसमाचारराष्ट्रियBanner Newsअर्थव्यवसाय

ट्याक्सी भाडा नबढाएको बारे व्यवसायीको असन्तुष्टि

काठमाडौं, पुस १५–  आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी ट्याक्सी व्यवसायीहरुले ट्याक्सीको भाडादर बढाउन माग गरेका छन् ।

उनीहरुले २०६९ सालदेखि ट्याक्सीको भाडा नबढेको भन्दै समय अनुसार भाडा बढाउन माग गरेका छन् । अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोज्नु मुर्खता भएको टिप्पणी गरेका छन् ।

‘ट्याक्सीचालकहरुले भोगिरहेको जीवनको वास्तविकता के हो रु यसका आन्तरिक र बाह्य कारणहरु छन्, सरकार यस क्षेत्रको सुधार दण्डित गरेरमात्रै सम्भव देख्छ’ उनले गुनासो गरे ।

लोकतान्त्रिक यातायात मजदुर संगठनका अध्यक्ष भरत गुरुङले २०६९ सालको ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘ट्याक्सी चालकलाई ठग करार गरेर सरकारले हाम्रो सम्मानमाथि आँच पु¥याउने काम गरेको छ, समस्याको रहस्य र समाधान नखोज्ने, हामीलाई २०६९ को भाडादरमा सेवा गर भन्ने, अनि जनताकोबीचमा हाम्रो बारेमा भ्रम सिर्जना गर्ने काम भएको छ’ उनले गुनासो गरेका छन् ।

सरकारले अहिलेपनि अवैज्ञानिक ढंगको भाडा लादेर ट्याक्सी व्यवसायीमाथि अन्याय गर्ने काम गरेको गुरुङको गुनासो छ ।

Share this:
Tags
Show More

Related Articles