समाचारअर्थशेयर

नेप्सेमा १ अंकको गिरावट

काठमाडौंपुस १७ – मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ दशमलव ३६ अंकले घटेर १ हजार १ सय ८५ दशमलव ९१ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५१ अंकले घटेर २ सय ५१ दशमलव ८३ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ५६ कम्पनीको ६ लाख ८९ हजार ७२० कित्ता शेयर खरिदबिक्री हुँदा २२ करोड ८५ लाख ४३ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । जसको आज १ करोड २१ लाख ७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले वृद्धि गरेको छ । सर्वाधिक गुमाउनेमा सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा २ दशमलव ९८ प्रतिशतले घटेको छ ।

यस दिन ९ वटा समूहहरुमा ३ वटा समूह बढेका छन् भने बाँकी सबै घटेका छन् ।

Share this:
Tags
Show More

Related Articles