समाचारअर्थशेयर

अपि पावर कम्पनीको खुद मुनाफामा ८३ प्रतिशतको बृद्घि

काठमाडौं, पुस १७ – अपि पावर कम्पनी लिमिटेडले आ.व २०७५-०७६ को पहिलो त्रैमासको बित्तिय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले यस त्रैमासमा रु.३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ यो मुनाफा अघिल्लो आ.व.को यही त्रैमासको तुलनामा ८३ प्रतिशतले बृद्धि भएको जनाएको छ ।

यस अनुसार कम्पनी अघिल्लो आ.व को सोहि त्रैमासको तुलनामा विद्युत विक्री बाट ४७ प्रतिशत बढी आम्दानी अर्जन गर्न सफल भएको हो । अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन संचालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी रु.१०.७२ र नेटवर्थ प्रति शेयर रु.१०८.०८ रहेको छ ।

Share this:
Tags
Show More

Related Articles