देशसमाचारअन्तराष्ट्रियBanner Newsसमाजविकासविश्व

सौर्यमण्डलबाहिर पुग्यो अन्तरिक्ष यान, फोटो खिच्न सफल

काठमाडौं, पुस १८ अमेरिकी अन्तरिक्ष एजेन्जी नासाको अभियान ‘न्यु हराइजन्स’ले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्बिर खिच्न सफल भएको छ ।

सौर्यमण्डलको बाहिरी हिस्सामा रहेका पिण्डको अध्ययन गर्न पठाइएको अन्तरिक्ष यान न्यु हराइजन्सले अल्टिमा टुली नामक पिण्ड नजिक पुगेको अन्तरिक्ष यानले तस्बिरसहित कयौं जानकारी संकलन गरेको बीबीसीले उल्लेख गरेको छ ।

सौर्यमण्डलबाहिर सबैभन्दा धेरै दूरी पार गर्ने पहिलो अन्तरिक्ष यानले अबको केही महिनासम्म अन्तरिक्षमा नै रहेर अध्ययन गर्नेछ । यानले पठाएको सन्देश नाशाको स्पेनमा रहेको एन्टेनाले समातेको थियो ।

सन्देश पृथ्वीसम्म आइपुग्न समेत छ घण्टा आठ मिनेट लागेको नाशाको भनाइ रहेको छ । सौर्यमण्डलको अन्तिम ग्रह यमबाट एक दशमलब पाँच अर्ब किलोमिटर टाढा रहेको सो यानले सन् २०१५ मा नै यम ग्रह पार गरेको थियो । पृथ्वीदेखि सम्पर्क हुने क्रममा यो अन्तरिक्ष यान छ अर्ब ५० किलोमिटरको दूरीमा रहेको थियो ।

यो अभियान पृथ्वीदेखि सबैभन्दा टाढा पुगेको एक सफल अभियान बन्न पुगेको छ । अन्तरिक्ष यानले पठाएको सिग्नल प्राप्त हुनासाथ मैरील्यान्डस्थित जोन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स विश्वविद्यालयको प्रयोगशालामा वैज्ञानिकहरुले ताली बजाएर खुसी मनाएका थिए ।

Share this:
Tags
Show More

Related Articles