देशसमाचारराष्ट्रियराजनीतिराष्ट्रिय राजनीतिसमाजविकास

सांसद रानी मण्डलले सरकारलाई गरिन् राहतको आग्रह

काठमाडौं, पुस १९ प्रतिनिधिसभामा सांसद रानी मण्डलले तराई मधेसका जनता चिसोबाट प्रभावित भएकाले सरकारलाई राहतको व्यवस्था गर्न आग्रह गरेकी छन् ।

सांसद मण्डलले बिहीबारको बैठकको शून्य समयमा भनिन्, ‘तराईमा जनता चिसोले कठ्यांग्रिएका छन् । गरिबलाई शितलहरको कहरबाट बचाउन सरकारले कपडा र आगोको व्यवस्था गरोस्’ ।

त्यसैगरी सांसद मण्डलले मधेसमा गहुँ बालीको लागि मलखादको व्यवस्था गर्न पनि माग गरिन् । उनले मधेसका जनता कृषि पेशामा रहे पनि मलखादको अभाव भएको बताएकी छन् ।

उनले सरकारले दिने गरेको मलखादमा सरकारी अधिकारीको मिलेमतोमा कालोबजारी हुने गरेको बताउँदै त्यस्तो कार्य रोक्न माग गरेकी छन् ।

उनले भनिन्, ‘सरकारले दिने मलखाद बिचौलियाहरूले कालोबजारी गर्ने गरेका छन् । त्यसरी कालोबजारी गर्ने बिचौलियालाई कारबाहीको माग गर्दछु’ ।

Share this:
Tags
Show More

Related Articles