देशसमाचारराष्ट्रियअर्थशेयर

नेप्सेमा सामान्य गिरावट

काठमाडौं, पुस १९ साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा १ दशमलव ५६ अंकले घटेर १ हजार १ सय ७८ दशमलव ८७ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक शुन्य दशमलव ४८ अंकले घटेर २ सय ५० दशमलव ०६ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ५८ कम्पनीको ७ लाख ९७ हजार ६१३ कित्ता शेयर खरिदबिक्री हुँदा २७ करोड ६९ लाख ५६ हजार ३०१ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको आज २ करोड ६१ लाख ७० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वाधिक गुमाउनेमा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ९७ प्रतिशतले घटेको छ ।

यस दिन ९ वटा समूहहरुमा ३ वटा समूह घटेका छन् भने ६ वटा समुह बढेका छन् ।

Share this:
Tags
Show More

Related Articles