देशसमाचारराष्ट्रियpoliticsसमाजदुर्घटना

कपडा उद्योगमा आगलागी : २२ लाख रुपैयाँ क्षति भएको अनुमान

काठमाडौं, पुस २२ तनहुँ व्यास नगरपालिका–४, सिमलटारमा रहेको बेथेल मल्टिप्रोपोज इन्जिनियरिङ कपडा उद्योगमा आगलागी भएको छ ।

उद्योगमा आइतबार बिहान आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागी दमकल, नेपाली सेना, प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा साढे ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

उद्योगमा वल्डिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीमा करिब २२ लाख रुपैयाँ क्षति भएको अनुमान गरिएको छ।

Share this:
Tags
Show More

Related Articles