देशसमाचारराष्ट्रियसमाजवातावरण

कामाठडौंको चन्द्रागिरीमा हिमपात

काठमाडौं, पुस २३ कामाठडौंको चन्द्रागिरीमा हिउँ परेको छ ।

देशभर मौसम बदली हुँदा काठमाडौंसहित कतिपय ठाउँमा वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगहरुमा हिमपात भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ ।

काठमाडौंसहित केही ठाउँहरुमा दिनभर पानी पर्ने छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद् शान्ति कँडेलले बताएकी छन् ।

उनले सोमबार दिउँसो पनि देशैभरको मौसम बदली हुने बताएकी छन् । आज राति पनि मौसममा बदली हुने उनले जानकारी दिएकी छन् । मंगलबारदेखि मौसम सुधार हुने उनले जानकारी दिएकी छन् ।

Share this:
Tags
Show More

Related Articles