देशसमाचारराष्ट्रियBanner Newsराजनीतिराष्ट्रिय राजनीतिअर्थसमाजविकास

सिन्धुपाल्चोकका छ जनाले फिर्ता गरे भूकम्पको अनुदान रकम

काठमाडौं, पुस २४ सिन्धुपाल्चोकमा निजी आवास निर्माणको लागि सरकारले दिएको पहिलो किस्ताको रकम ६ जनाले फिर्ता गरेका छन् ।

लाभग्राहीमा सिफरिस भएर अन्यत्र घर भएकाले अनुदान फिर्ता गरेका हुन् । सरकारले पुस १५ भित्रमा रकम फिर्ता गर्न समयसिमा तोकेको थियो ।

तोकिएको समयमा जम्मा ६ जनाले मात्रै अनुदान फिर्ता गर्न आएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको अनुसार प्रमुख जयप्रकास गुप्ताले जानकारी दिएका छन् ।

फिर्ता गर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका ९ का बादल तामाङ, सुनकोसी १ का प्रेमबहादुर कार्की र ६ का दिलबहादुर कार्की, बलेफी २ का पदमबहादुर तामाङ, मेलम्ची नगरपालिका ४ का कृष्णहरि खनालले अनुदान फिर्ता गरेको गुप्ताले जनाकारी दिएका छन् ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयको अनुसार सिन्धुपाल्चोकमा ८७ हजार १ जना लाभग्रही सिफरिस भएका थिए। लाभग्राही सिफारिस भएकामध्ये ८४ हजार ४ सय ६१ जनाले प्रथम किस्ता लिएका लिए ।

दोस्रो किस्ता ७८ हजार ९ सय ६६ र तेस्रो किस्ता ५९ हजार ८५ ले तेस्रो किस्ता बापतको रकम बुझेका छन्। जसमध्ये दोस्रो किस्ताको लागि ७९ हजार ११ र तेस्रो किस्ताको लागि ५९ हजार १ सय ३१ को निवेदन परेको छ ।

५९ हजार ८५ ले तेस्रो किस्ता बापतको रकम बुझेको भएपनि ५ सय ३८ जनाले मात्रै निर्माण सम्पन्न प्रमाणपत्र पाएको हुन्।

Share this:
Tags
Show More

Related Articles