देशसमाचारसमाजदुर्घटना

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं, पुस २४ चितवन भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चालक र पैदलयात्री दुवैको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पैदलयात्री भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा तथा मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापा रहेका छन् ।

उपचारका क्रममा भरतपुर अस्पतालमा युवराजको र चितवन मेडिकल कलेजमा रमेशविक्रमको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Share this:
Tags
Show More

Related Articles