देशसमाचारराष्ट्रियसमाजविकास

मालपोत कार्यालय कपिलवस्तुमा अनलाईन सेवा शुरू

काठमाडौं, माघ १   भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा अनलाईनबाट सेवा संचालन गरिएको छ ।

जग्गा प्रशासनलाई व्यवस्थित गरी जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउन आईतबारबाट विधिवतरुपमा कार्यालयमा सेवा प्रारम्भ गरिएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक भरत गौतमले मालपोतमा ४९ औं कार्यालयका रुपमा तौलिहवामा सेवा सुरुवात भएको जानकारी दिदै यो सेवाले जनताहरुले घरदैलो मार्फत नै सेवा प्राप्त गर्न सक्ने बताएका छन् ।

विभागका कम्प्युटर अधिकृत हरिशरण थापाले सरकारले देशभरका व्भििन्न ६ वटा निकायमा अनलाई सेवा मार्फत कार्य गरिएका बताएका छन् ।

उनले अनलाईन मार्फत प्रदान गरिने सेवाले जग्गाधनीको फोटो र औठा छापले देशको कुनै पनि ठाउबाट पनि जग्गाको कारोवार गर्न सकिने जानकारी दिएका छन् ।

अनलाईन अभिलेख सुरक्षित हुने, राजस्व असुलीमा सहजता, हदबन्दीलगायतमा सहजता आउने उनको भनाइ रहेको छ ।

यो सेवाका लागि ईन्टरनेटको पहुच र सुबिधा हुनु पर्ने भएकाले केही अप्ठेयाराहरु आउन सक्ने भएपनि त्यो समयसँगै हटेर जाने थापाले जनाएका छन् ।

सेवाको प्रभावकारीताका लागि विभागले एक हप्तासम्मका लागि सात जना कर्मचारीहरु परिचालन गरेको छ ।

Share this:
Tags
Show More

Related Articles