कला/साहित्यसमाचारभिडियो

‘जात्रै जात्रा’को पहिलो गीतमा निश्चल देखि करिष्मासम्म (भिडियो)

काठमाडौं, चैत ३ –  चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पहिलो गति सार्वजनिक गरिएको हो । विवाहको माहौलमा खिचिएको उक्त गीतमा चलचित्रका कलाकारसँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्रीद्धय करिश्मा मानन्धर र सारा र्शिपालीले कम्मर मर्काएका छन् । ‘माया पिरिम’बोलको उक्त गीतमा निशान भट्टराई र मनीषा पोखरेलको स्वर रहेको छ ।

गीतमा कृष्ण भारद्वाजको सङ्गीत रहेको छ भने लेखु सहयात्रीको शब्द रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका अधिकांश कलाकारहरू विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र सिंह बनियाँ, रविन्द्र झा लगायतका कलाकारले कम्मर मर्काएका छन् ।

यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । गीत रिलिजसँगै निर्माण पक्षले अफिसियल रूपमा चलचित्र जेठ ३ गते प्रदर्शन हुने घोषणा गरेको छ ।

यसअघि वैशाख २७ गते रिलिज गरिने भनिएता पनि बलिउड र हलिउडको दुई ठुला ब्यानरका चलचित्र रिलिज हुने भएपछि जात्रै जात्राले प्रदर्शन मिति सारेको हो ।

Share this:
Show More

Related Articles