देशसमाचारराष्ट्रिय

मलेसियामा बस दुर्घटना : २ नेपालीसहित ११ जनाको मृत्यु, घाइते १२ नेपालीको नामसहित

काठमाडौं, चैत २५ – मलेसियामा बस दुर्घटना हुँदा २ नेपालसहित १४ जनाको मृत्यु भएको छ। १२ जना नेपाली कामदार घाइते भएका छन्।

मलेसियाको मुतियारा कायामास कम्पनीमा कार्यरत सर्लाहीका जगरनाथ सिहं दनुवार र बर्दियाका रामु चौधरीको मृत्यु भएको दाङ घर भई हाल मलेसियास्थित सोही कम्पनीमा कार्यरत रमेश पन्थीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते हुने १२ नेपालीहरुमा लोकेश ओली, कृष्णबहादुर कवार, महेशकुमार बुढाथोकी, सुमन गाम्छा मगर, केशव थापा, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी, विश्वकर्मा मण्डल, पद्मबहादुर कुँवर र सन्तोषकुमार शाह रहेका छन्। घाइतेहरु सबैको घरठेगाना भने खुल्न सकेको छैन।

घाइतेमध्ये केशव थापा, लोकेश ओली, विश्वकर्मा मण्डलको अवस्था गम्भीर रहेकाले आइसियूमा उपचार भइरहेको कम्पनीले जनाएको छ। आइतबार रातिको कामका लागि हिँडेका उनीहरु आइतबार दुर्घटनामा परेका थिए।

चालकले मोबाइल फोनको प्रयोग गरेर सवारी चलाउँदा बस दुर्घटनामा परेको घाइतेहरुले बताएको मलेसियास्थित सञ्चारमाध्यमहरुले जनाएका छन्। घाइतेहरु सबैको मलेसियाका सेरदान, पुत्रजया, बान्तिङ र काजाङ अस्पतालमा उपचार भइरहेको रमेश पन्थीले बताए।

बस ४४ जना कामदार बोकेर मलेसियाको क्वालालाम्पुर विमानस्थल नजिक गइरहेको जनाइएको छ। बस विमानस्थल नजिकै सेपाअङमा १० मिटर तल नालीमा खसेर दुर्घटना भएको हो।

दुई नेपालीसहित मृत्यु हुने अरुमा पाँच बंगलादेशी, तीन इन्डोनेसियन र मलेसियन नागरिक रहेका चालकको ज्यान गएको हो।

Share this:
Show More

Related Articles