समाचारअन्तराष्ट्रिय

काश्मीरमा ९ वर्षको बच्चासहित १४४ बालबालिका पक्राउपछि छाडियो

काठमाडौं, असोज १६ –  जम्मु काश्मीर किशोर न्याय समितिले त्यहाँको हिरासतमा अहिले कोही पनि बच्चा नरहेको जनाएको छ ।  उसले आफ्नो रिपोर्टमा संविधानबाट धारा ३७० खारेज गरिएपछि सय भन्दा बढी बालबालिका गिरफ्तार गरिएको भए पनि पछि छोडिएको जनाइको छ ।

आफ्नो रिपोर्टमा अवैध रुपमा कुनै पनि बच्चालाई हिरासतमा नराखिएको जनाउँदै  काश्मीरको विशेष दर्जा खारेज गरिएपछि त्यहाँ १४४ जना नाबालग पक्राउ गरिएकोमा उनीहरु ९ देखि ११ वर्ष सम्मका पनि रहेको समेत उल्लेख गरिएको छ ।

ती बच्चालाई गिरफतार गरिएकोमा सोही दिन छोडिएको थियो ।  भारतले गएको अगस्ट ५ का दिन संविधानको धारा ३७० खारेज गरेको थियो ।

Share this:
Show More

Related Articles