देशसमाचारBanner News

आज सार्वजनिक बिदा

काठमाडौं, असोज २६ – चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लक्षित गरेर सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा दिने निर्णय मन्त्रीपरिषदले गरेको गृह मन्त्रालयले सूचना निकालेर जानकारी दिएको हो ।

चिनियाँ राष्ट्रपति सी को भ्रमणलाई लक्षित गरेर आइतबार नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र निकायहरु, शिक्षण संस्थाहरु एवम् विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार आएका हुन् । उनी आइतबार दिउँसो स्वदेश फर्किने छन्।

Share this:
Show More

Related Articles