समाचारराष्ट्रिय

इतिहास रचेकी सन्तोषी आज पाँच हजार मिटर दौडमा प्रतिस्पर्धा गर्दै

१० हजार मिटर दौडमा स्वर्ण जित्दै इतिहास बनाएकी एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले शुक्रबार पाँच हजार मिटर दौडमा प्रतिष्पर्धा गरिरहेकी छन् । पाँच हजार मिटर दौडमा पनि उनलाई स्वर्णको दाबेदार मानिएको छ ।

गत मंगलबार सन्तोषीले १० हजार मिटरको दूरी ३५ मिनेट ०७.९४ सेकेण्डमा पूरा गरेर स्वर्ण जितेकी थिइन् । सागमा नेपाली महिला खेलाडीले एथ्लेटिक्समा स्वर्ण पदक जितेको यो पहिलो पटक हो ।

भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै स्वर्ण जितेकी सन्तोषी शुक्रबार पाँच हजार मिटरको दौडमा पनि स्वर्ण जित्ने दाउमा छिन् ।

सन्तोषी धादिङकी खेलाडी हुन् । उनले प्रदेश तीनबाट खेल्ने गरेकी थिइन् । विभागीय टोलीमा नरहेकी उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि १० हजार मिटर दौडामा स्वर्ण पदक जितेकी थिइन् ।

Share this:
Show More

Related Articles