देशसमाचारराजनीति

अयोजनामा क्षतिपूर्ति दिँदा स्थानीय सरकारको सहयोग चाहिन्छ-ऊर्जा मन्त्री पुन

काठमाडौं, पुस १८ –  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सबै जलविद्युत अयोजनामा क्षतिपूर्ति दिने गरिएकाले लागत बढ्ने गरेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले आयोजा प्रभावितहरुलाई मुआब्जा दिंदा लागत कम गर्न चुनौति रहेको बताए। उनले ट्रान्समिसन लाइन पर्ने जग्गामा कम्तिमा २० प्रतिशत मुआब्जा दिदा समेत जग्गा पाउन कठिन भएको बताए।

उनले एकातर्फ विकासको आवश्यकता पुरागर्ने सरकारको आकांक्षा छ भने अर्कोतर्फ जमिन नै उत्पादनको मुख्य साधन रहेकोले पनि समस्या आउने गरेको बताए।

मन्त्री पुनले आयोजनाको लागत कम गर्ने चुनौती बढै जाँदा स्थानीय तह र प्रदेश सरकारको सहयोगको अपेक्षा समेत गरे।

उनले परियोजना पर्ने क्षेत्रका स्थानीयलाई शेयर दिने तथा नियमित भाडा उपलब्ध गराउने लगायतका विषयमा छलफल गरी लागत कम गर्न सकिने समेत बताए।

Share this:
Show More

Related Articles