देशसमाचारअपराध

राजधानीबाट विरगन्ज जाँदै गरेको बसका यात्रुसँग ६ केजी सुन !

काठमाडौँ , फाल्गुन २० –  काठमाडौँबाट विरगन्ज जाँदै गरेको रात्री बसमा भारतीय यात्रुले लगिरहेको ६ किलो सुन  मकवानपुर प्रहरीले बरामद गरेको छ। पक्राउ पर्नेमा भारत कर्नाटकाका ४२ बर्षीय अब्दुल मजिद अनेकल रहेका छन्।

विषेश सूचनाका आधारमा  पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा बसलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुन बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ। फलामको ठुलो बेरिङभित्र लुकाइएको अवस्थामा सुन भेटिएको हो।

सुनसहित अनेकललाई  बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय बुझाइएको मकवानपुर प्रहरी प्रमुख सुशिलसिंह राठौरले जानकारी दिए।

 

Share this:
Show More

Related Articles