समाचारअर्थशेयर

सेयरबजारमा उच्च गिरावट

काठमाडौं, चैत ४ –  सोमबार सामान्य अंकले उकालो लागेको सेयरबजारमा मंगलबार पुन: गिरावट आयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ४४ अंकले ओर्लिएर १२ सय ७२ मा आइ थामियो ।

यसदिन कारोबार भएका सबैजसो समूहमा गिरावट आएसँगै नेप्से पनि ओर्लिएको हो ।

यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ३३८ अंकले ओर्लंदा उत्पादनमूलक समूहमा ११५ अंकको गिरागट आयो ।

यसदिन कारोबार भएकामध्ये सामूहिक लगानीकोष सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

यसदिन १७५ कम्पनीको ४३ लाख ६७ हजार कित्ता सेयर जम्मा एक अर्ब ४६ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Share this:
Show More

Related Articles