देशसमाचारBanner News

सभापति देउवाद्वारा पैदलयात्रीलाई खाना र आवासको प्रबन्ध गर्न आग्रह

काठमाडौं, वैशाख ५ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लकडाउन’का कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले शुक्रबार ट्वीटमार्फत् पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ–आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गरेका हुन् ।

साथै, सभापति देउवाले काठमाडौंमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गरेका छन् ।

तर, सरकारमा बसेका त्यो यात्राको दर्शकमात्रै भएको उनको टिप्पणी छ ।

Share this:
Show More

Related Articles