समाचारBanner Newsसमाज

दाङका ३ मस्जिदमा अनुगमन, आफूहरुप्रति भ्रम फैलाउने काम गरिएको मुस्लिम समुदायको आरोप

काठमाडौं, बैशाख ७ – दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेका मस्जिदहरुको कोरोना संक्रमित मुस्लिमहरु लुकेर रहेको आशंकामा आज (आइतबार) अनुगमन गरिएको छ। देशका विभिन्न ठाउँमा रहेका मस्जिदहरुमा संक्रमित मुस्लिमहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा आज अनुगमन गरिएको हो ।

तुलसीपुरमा रहेका ३ वटा मस्जिदहरु अनुगमन गर्दा कोही पनि लुकेर बसेको पाइएन। राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुरका मेयर घनश्याम पाण्डे, संविधान सभा सदस्य अनारकली मियाँ लगायतको टोलीले अनुगमन गरेको हो।

अनुगमनका क्रममा मस्जिदमा मौलाना (पुजारी) मात्रै रहेको पाइएको मेयर पाण्डेले बताउनुभयो । उहाँले तत्काल कोही भारत गएको वा नगएको भन्ने बारेमा जानकारी समेत लिइएको बताउनुभयो।

मुस्लिम समुदायका मानिसहरुले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको बताएका थिए । उनीहरुले विभिन्न समुदायबाट आफुहरुप्रति गलत दृष्टिकोण राखिएको समेत गुनासो गरे।

त्यसैगरी संविधान सभा सदस्य अनारकली मियाँले मुसलीम समुदायहरुप्रति समाजमा नराम्रा भ्रमहरु फैलाउने काम भएको भन्दै दुखेसो गर्नुभभयो। उहाँले समाजमा आपसी सद्भावलाई बिथोल्ने काम भैरहेको बेला त्यसलाई चिर्नको निम्ती आफूहरुले नै तुलसीपुरमा रहेका मस्जिदहरुमा अनुगमन गरेको समेत बताउनुभयो ।

Share this:
Show More

Related Articles