देशसमाचारएक्सन स्पोर्टस्

प्रिमियर लिगका ६ खेलाडी तथा पदाधिकारीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं, जेठ ७ –  इंग्लिस प्रिमियर लिग अन्तर्गतका टिमका ६ खेलाडी तथा खेल पदाधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक इयान वोएन रहेका छन् ।

अरु दुईजना अर्को क्लबका हुन्, तर उनीहरुको विवरण खुलाइएको छैन । कोरोना भाइरसको संक्रमण पुष्टि भएका खेलाडी तथा पदाधिकारीहरुलाई आइसोलेशनमा राखिएको छ । मंगलबारदेखि टिमका खेलाडीहरुले सानो समूहमा प्रशिक्षण सुरु गरेका छन् । सोही दिन केही खेलाडीमा संक्रमण रहेको कुरा खुलेको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएका लिगका खेलहरु सुरु गर्ने प्रयास स्वरुप मंगलबारदेखि अधिकतम पाँच जनासम्मको समूहमा प्रशिक्षण सुरु भएको छ ।

१९ वटा क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण भएको थियो । नर्विच सिटीले भने मंगलबार परीक्षण गरेको छ ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *