देशसमाचार

जापानी नागरिक लिएर उड्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं, जेठ १० – लकडाउनले नेपालमै रहन बाध्य भएका जापानी नागरिकसहति २६८ यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज जापान प्रस्थान गरेको छ ।

केही नेपाली यात्रु समेत रहेको नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिताका लागि शुक्रबार राति ९:४५ बजे प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

चाटर्ड उडान भरेको उक्त विमानमा जापानमा नै बसोबास गर्ने १९७ जना नेपाली पनि रहेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । नेपालस्थित जापानी दूतावासको पहलमा निगमको वाइड बडी जहाजले चाटर्ड उडान गरेको बताइएको छ ।

लकडाउनमा निगमको जापानमा यो तेस्रो चाटर्ड उडान हो। सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइड बडी जहाजले दोस्रो पटक चाटर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *