देशसमाचारअर्थ

बढ्यो तरकारीको मूल्य, हेर्नुहोस् कुन तरकारीको मुल्य कति ?

काठमाडौं, साउन १५  – बिहिबार काठमाडौं उपत्यकामा तरकारीको मूल्य बढेको छ । लकडाउन खुलेलगत्तै अहिले बजारमा तरकारी, फलफुल लगायत केही सामानहरुको मूल्य बढेको हो । लकडाउनमा सस्तो भएको तरकारी अहिले झन बढेको छ ।

अहिले बजारमा गोलभेडा, आलु, बोडी, भेन्टा, लौका, घिरौला, चेन्डी लगायतका तरकारीको मूल्य बढेको छ ।  कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले होलसेल मूल्य सार्वजनिक गरेको छ ।

समितीका अनुसार आज गोलभेडा किलोको ६० रुपैयामा किनबेच भइरहेको छ । त्यस्तै आलु किलोको ५४ देखी ६९ रुपैया, काउली किलोको १ सय १५ रुपैया, घिरौला र फर्सि किलोको ५५ देखी ६० रुपैया, काउली किलोको १ सय १५ देखी १ सय २० रुपैया रहेको छ ।

आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले तोकेको बजार मूल्य कति छ । हेर्नुहोस् तालिकामा

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *