समाचार

सांसद प्रदीप यादवसहित निजी सुरक्षाकर्मी र चालकलाई कोरोना संक्रमण

काठमाडौं, साउन १७  – सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको परिक्षणमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो ।

यादवले संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराउनु भएको हो ।

जनता समाजवादी पार्टी नेपालका सांसद यादवसंगै उनका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको हो ।

सांसद यादवसंगै पर्सामा कोरोनाका संक्रमितको संख्या ६४ पुगेको छ । संक्रमितमध्ये ३ महिला र ६१ पुरुष छन् ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *