देशसमाचारअन्तराष्ट्रिय

आन्द्र प्रदेशमा कोरोना संक्रमित राखेको होटेलमा आगलागी : सातको मृत्यु, २२ घाइते

काठमाडौं, साउन २५  – भारतको आन्द्र प्रदेशको विजयवान्डास्थित स्वर्ण प्यालेस नामको होटलमा आगलागी हुँदा सातजनाको ज्यान गएको छ ।

आगलागीमा २२ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छन् । आन्द्र प्रदेश सरकारले उक्त होटललाई कोरोना संक्रमितहरुकाे उपचारका लागि ‘केयर सन्टर’ को रुपमा प्रयोग गर्दै आएको थियो ।

प्रदेश सरकारका गृह राज्यमन्त्री मेकाथोटी सुचरिताले दिएको जानकारी अनुसार विद्युत सर्किट सर्ट हुँदा होटेलमा आगो भएकाे थियाे । प्रदेश सरकारका सल्लाहकार एस. राजीव कृष्णाले घटनाको ट्विटमार्फत जानकारी दिएका छन् ।

Share this:
Show More

Related Articles