कला/साहित्य

सञ्चारकर्मी प्रकाश सुवेदीविरुद्ध कलाकार संघमा नायिका पूजा शर्माको उजूरी

नायिका पूजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीविरुद्ध कलाकार संघमा उजूरी दिएकी छन्।

बिहीबार ए पी वान टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम रजतपटको सुरुमा कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले नायिकाहरुलाई होच्याएर ‘दारा निस्किएको अनुहार’ भनेपछि विवाद चुलिएको थियो।

सुवेदीले यसअघि प्राइम टाइम टेलिभिजनमा नायिका पूजा शर्मासँग लिइएको अन्तवार्ता विवादमा आएको थियो, नायिका शर्मा उक्त अन्तवार्तापछि ट्रोलको शिकार भएकी थिइन्।

त्यो विवाद सेलाउन नपाउँदै सुवेदीले सञ्चालन गरेको कार्यक्रम फेरि विवादमा आएको हो, जसमा सुवेदीले नाम नलिइकन ‘अन्तवार्ता दिने पनि आफै, बोल्ने पनि आफै, नआउने पनि आफैलाई अनि हामीले पनि लिएको अन्तवार्ता काटिदिनुपर्ने मिलाई मिलाई। महानायिका बनाइदिनु पर्ने दारा निस्केको अनुहारलाई। कति हाँस्नु !’ भनेका छन्।

सुवेदीको कार्यक्रम प्रशासण भइसकेपछि नायिका शर्माले लामो स्टाटस राख्दै आफूलाई अन्तर्वार्ता दिन बोलाइएको तर आफ्नो मानसिक अवस्था ठीक नभएको कारणले दिन नमानेको बताएकी थिइन्। त्यही दुश्मनी साध्नलाई सुवेदीले त्यस्तो व्यवहार गरेको बताएकी थिइन्।

फेसबुकमा आफ्नो असन्तुष्टि पोखेकी नायिकाले कलाकार संघमा उजुरी दिएकी छिन्। यस्तै उनले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनका साथै प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि उजुरी दिने बताएकी छन्।

Share this:
Show More

Related Articles