देशसमाचार

स्क्रब टाइफसबाट बैतडीकी एक बालिकाको मृत्यु

बैतडी, साउन २९  –   स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पूजा जोशी रहेकी छन् ।

पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो।

स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्‍याइएको थियो ।

त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए ।

मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्‍याएका थिए ।

Share this:
Show More

Related Articles