देशसमाचाररमाईलो

चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको ९० वर्षको उमेरमा निधन

काठमाडौं, भदौ १ – भारतका चर्चित शास्त्रीय गायक पण्डित जसराजको अमेरिकामा सोमबार निधन भएको छ । उनी ९० वर्षका थिए । पण्डित जसराजकी नातिनी मीनाक्षीले पण्डित जसराजको निधनबारे बीबीसीलाई जानकारी दिएकी हुन् ।

गायक पण्डित जसराजको परिवारले एक विज्ञप्ति निकाल्दै अमेरिकाको न्यु जर्सीमा रहेको आफ्नो घरमा हृदयाघातका कारण उनको निधन भएको बताएको छ ।

पद्म विभूषणबाट सम्मानित पण्डित जसराजको जन्म सङ्गीतकारको परिवारमा भएको थियो । सङ्गीतसँग जसराजको परिचय उनका बुवा पण्डित मोतिरामले गराएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गर्दै भन्नुभएको छ, ‘उनको निधनले भारतीय शास्त्रीय सङ्गीतमा अपूरणीय क्षति पुगेको छ । उनको सङ्गीत आफैमा उत्कृष्ट थियो । कैयौँ गायकका लागि एक असाधारण गुरुको रुपमा उनले आफ्नो पहिचान बनाएका थिए । उनको परिवार र प्रशंसकलाई मेरो समवेदना छ ।’

गायक जसराज पण्डित विशेषतः आफ्नो गाउने शैलीका कारण पनि चर्चित थिए । उनी झण्डै आठ दशक गायकीमा सक्रिय थिए । उनकाे गाउने शैलीकाे सानाे अंश–

अन्तिम अपडेट: भदौ १, २०७७

Share this:
Show More

Related Articles