देशसमाचारBanner News

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै

 काठमाडौँ, भदौ १३ – विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार ६९ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् ।

अहिले विश्वभरी २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् । संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् ।

उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ  सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् ।

५ हजार ६६७ जनाले ज्यान गुमाएका छन्
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ ।

Share this:
Show More

Related Articles