देशसमाचारशेयर

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रिमियर इन्सुरेन्स

काठमाडौं, भदौं २६ – प्रिमियर इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्सुरेन्सले उक्त संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो । प्रिमियरले प्रतिकित्ता न्यूनतम मूल्य २ हजार ३०० रुपैयाँमा उक्त सेयर बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले भदौ २८ गतेदेखि असोज ४ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ ।  बोलपत्र बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय सेन्ट्रल प्लाजा, नक्साल र प्रिमियर इन्सुरेन्सको केन्द्रिय कार्यालय, नारायणचौर, नक्सालबाट बुझाउन सकिनेछ । इच्छुक र आवेदन योग्य संस्थाले न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने गरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिहीबार (भदौ २५ गते) दोस्रो बजारमा नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता ३ हजार ५४६ रुपैयाँ रहेको छ ।

Share this:
Show More

Related Articles