देशकला/साहित्यअन्तराष्ट्रिय

विश्वभर कोरोना संक्रमित संख्या ३ करोड ३३ लाख नाघ्यो

काठमाडौं, असोज १२  – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३३ लाख ७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४९ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि १० लाख २ हजार २९९ पुगेको छ ।
हालसम्म २ करोड ४६ लाख ३८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७३ लाख २१ हजार २४३ पुगेको छ । यहाँ हालसम्म २ लाख ९ हजार ४५३ हजार जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ६० लाख ७४ हजार ७०२ संक्रमित हुँदा ९५ हजार ५७४ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४७ लाख ३२ हजार ३०९ जना संक्रमित हुँदा १ लाख ४१ हजार ७७६ जनाको मृत्यु भएको छ ।
रुसमा ११ लाख ५१ हजार ४३८ संक्रमित हुँदा २० हजार ३२४ जनाको मृत्यु भएको छ । कोलम्बियामा ८ लाख १३ हजार ५६ संक्रमित हुँदा २५ हजार ४८८ जनाको मृत्य भएको छ । पेरुमा ८ लाख ५ हजार ३०२ जना संक्रमित हुँदा ३२ हजार २६२ जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या ७ लाख ३५ हजार १९८ पुगेको छ भने ३१ हजार २३२ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ७ लाख ३० हजार ३१७ जना संक्रमित हुँदा ७६ हजार ४३० को मृत्यु भएको छ ।
अर्जेन्टिनामा ७ लाख ११ हजार ३२५ संक्रमित हुँदा १५ हजार ७४९ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ७० हजार ६६६ जना संक्रमित हुँदा १६ हजार ३९८ जनाको मृत्यु भएको छ ।
फ्रान्समा ५ लाख ३८ हजार ३६९ संक्रमित हुँदा ३१ हजार ७२७ जनाको मृत्यु भएको छ ।  चिलीमा ४ लाख ५७ हजार ९०१ जना संक्रमित हुँदा १२ हजार ६४१ को मृत्यु भएको छ । इरानमा ४ लाख ४६ हजार ४४८ जना संक्रमित हँदा २५ हजार ५८९ जनाको मृत्यु भएको छ ।
यता, बेलायतमा हालसम्म ४ लाख ३४ हजार ९९६ जना संक्रमित रहेका छन् ४१ हजार ९८८ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म ३ लाख ५९ हजार १४८ जना संक्रमित हुँदा ५ हजार १६१ को मृत्यु भएको छ ।
साउदी अरबमा ३ लाख ३३ हजार १९३ हजार संक्रमित हुँदा ४ हजार ६८३ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख १० हजार ८४१ संक्रमित हुँदा ६ हजार ४६६ जनाको ज्यान गएको छ ।
चीनमा पछिल्लो २४ घण्टामा २१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ३७२ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ८१ हजार ६९० जना संक्रमित हुँदा १ हजार ५४५ जनाको ज्यान गएको छ ।
नेपालमा भने अहिलेसम्म ७३ हजार ३९४ जना संक्रमति फेला पर्दा ५३ हजार ८९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४७७ जनाको भने मृत्यु भएको छ ।
Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *