देशसमाचार

मोरङमा एकैदिन १३० जना कोरोना संक्रमित थपिए

काठमाडौं, असोज १२  –  मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।

विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा यसअघि एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

Share this:
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *